Home | God-Goddess & Stotras | Festivals | Temples | Astrology | Yoga | Miscellaneous | About Us


Astrology: Yuga & Kalpa
 



 

 

।। युग र कल्प ।।

हिन्दूधर्ममा वेद, पुराण, उपनिषद्, पञ्चाङ्गको महिमा आदरणीय मानिन्छ । ज्योतिषशास्त्र अनुसार प्रत्येक दिनमा पर्ने तिथि, वार, नक्षत्र, योग तथा करण यी पाँच अङ्गलाई पञ्चाङ्ग भनिन्छ । पौराणिक काल-विभाजन एवं हिन्दू पञ्चाङ्ग अनुसार सत्य, त्रेता, द्वापर र कलि गरी जम्मा चार युग छन् ।

सत्य युगः- कार्तिक शुक्ल नवमी तिथिमा शुरू भएको मानिएको यो युगको समयावधि १७ लाख २८ हजार मानव वर्षमानिएको छ । यस युगमा मोक्षप्राप्तिको मार्ग तपस्यालाई मानिन्थ्यो ।

त्रेता युगः- वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीयादेखि शुरू भएको मानिएको यस युगको समयावधि १२ लाख ९६ हजार मानव वर्षमानिएको छ । यस युगमा मोक्षप्राप्तिको बाटो यज्ञ-यज्ञादिलाई लिइन्थ्यो ।

द्वापर युगः- फाल्गुण कृष्ण अमावश्या तिथिमा शुरू भएको मानिएको यो युगको समयावधि ८ लाख ६४ हजार मानव वर्षमानिएको छ । यस युगमा पूजा-अर्चना गरेर मोक्षप्राप्ति गरिने कुरामा विश्वास गरिन्थ्यो ।

कलि युगः- हामी अहिले बाँचिरहेको कलि युगको शुरूवात आश्विन कृष्ण त्रयोदशी तिथिमा भएको मानिन्छ र यस युगको समयावधि ४ लाख ३२ हजार मानव वर्षमानिएको छ । यस युगमा मोक्षप्राप्तिको साधन भजन-कीर्तनलाई मानिएको छ ।

यसरी सत्य, त्रेता, द्वापर र कलि चार युगको पूर्ण समयावधि ४३ लाख २० हजार मानव वर्षहुन आउँछ । यही चार युगको पूर्ण समयलाई चौघडी वा महायुग भनिन्छ । एक हजार चौघडी x ४३,२०,००० मानव वर्षबराबर ४ अरब ३२ करोड मानव बर्षको समयावधिलाई हिन्दू पञ्चाङ्गअनुसार चौध मन्वन्तर वा एक हजार महायुग वा एक कल्प भनिन्छ ।

पुराणअनुसार ब्रहृमाको एक दिन वरावर एक कल्प हुन्छ । यस्ता कल्पहरू श्वेत-वाराह, नीललोहित, वामदेव, रथन्तर, रौरव, प्राण, वृहत्कल्प, कर्न्दर्प, सत्य, इशान, व्यान, सारस्वत, उदान, गारुड, कौर्म, नारसिंह, समान, आग्नेय, सोम, मानव, पुमान, वैकुण्ठ, लक्ष्मी, सावित्री, घोर, वाराह, वैराज, गौरी, माहेश्वर र पितृ गरी जम्मा तीसवटा छन् ।
 



 

 

This site is designed, maintained and owned by Surendra Bista

Copyright 2002-2008

Last Updated: January 2008


This site has been visited times since January 2002