
|
।। ग्रह-नक्षत्र-राशि ।।
ग्रहः-
सूर्य
र
सूर्यका
वरिपरि घुम्ने सौर्यपरिवारकै आकाशीय पिण्डहरूलाई ग्रह भनिन्छ । यस्ता ग्रहहरू
सूर्य,
चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु गरी जम्मा नौवटा छन् ।
ज्योतिषशास्त्र अनुसार यस्ता नौ ग्रहका चाल वा गतिले मानिसको भाग्यलाई वशमा
राख्ने वा प्रभावित गर्ने काम गरेको हुन्छ ।
नक्षत्रः-
चन्द्रमाको मार्गमा
देखिने, सौरजगत्देखि अलग रहेका सत्ताइस ताराहरूको समूहलाई नक्षत्र भनिन्छ ।
ज्योतिषशास्त्रअनुसार नक्षत्रहरूलाई मनुष्यका असल-खराव अवस्थाका अधिष्ठाताहरू
मानिन्छन् । यस्ता नक्षत्रहरू अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आद्रा,
पुनर्वसु, पुष्य
(तिष्य),
अश्लेषा, मघा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, विशाखा,
अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाढा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा,
पूर्व-भाद्रपद, उत्तर-भाद्रपद र रेवती गरी जम्मा सत्ताइसवटा छन् ।
राशिः-
क्रान्तिवृत्तमा रहेका बाह्र ताराहरूको समूहलाई राशि
भनिन्छ । यस्ता राशिहरू मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक,
धनु, मकर, कुम्भ, र मीन गरी जम्मा बाह्रवटा छन् ।
|

|